काभा महिला नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौँ, २३ साउनः काभा महिला नेसन्स लिगको उपाधिका लागि आज बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने नेपाल र भारत बीचको फाइनल खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

बुधबारको खेलमा जित निकाल्दै नेपालसँग इतिहास रच्ने अवसर रहेको छ। सन् २०१९ मा दक्षिण एसियाली खेलकुद (साग)मा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई आजको खेलमा बदला लिने अवसर पनि रहेको छ।

frontline

मंगलबार सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल पुगेको नेपाली टीमसँग लिग चरणमा भारतलाई हराएकोले आत्मविश्वास पनि छ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ। अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ। त्यो पनि गत शनिवार यही काभा वुमन्स लिगमा हो।

नेपाली टीमका कप्तान अरुणा शाहीले आजको खेलमा थप आत्मविश्वासका साथ खेल्ने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here