काबुल आक्रमणको जिम्मा आतंकारी संगठन आइएसआइएसको समूहले लिएको दावी
एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा १३ अमेरिकी सेनासहित करिब ९० जनाले ज्यान गुमाउनु परेको छ । यसको जिम्मा आइएसआइएस–के समूहले लिएपनि यसको पुष्टी हुन भने बांकी नै छ । द गार्डीयनले भने आइएसआइएसकेले बिहीबारको आत्मघाती हमला गर्न अब्दुल रहमान अल लोगारीलाई पठाएको दावी गरेको छ । अब्दुलको नामबाट उनी अफगान नै हुन भन्ने बुझिन्छ । त्यसैले पनि यसमा आइएसआइएसको हात रहेको बुझ्न सकिन्छ ।
काबुल तालिवानले कब्जा गरेपछि अफगानिस्तानको भविष्य के होला भनेर संसारभर चिन्ता भइरहेको बेला काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि त्यसले थप चिन्ता पैदा भएको छ । अफगानिस्तानमा अहिले लाखौैं मानिसले आफ्नो देश छोडेका छन् भने हजारौं उद्दारको पखाईमा छन् । अमेरिका,बेलायत र फ्रान्सजस्ता मुलुकहरुले उद्दार कार्यलाई जारी राखेका छन् । त्यसैबेला काबुलमा आततायी आक्रमण भएको छ । जसको अमेरिकी राष्ट्रपति जो बाइडेनदेखी धेरै मुलुक राष्ट्रप्रमुखहरुले विरोध गरेका छन् ।
काबुल आक्रमणपछि यो समुहलाई जसरी पनि खोज्ने र माफि नदिने चेतावनी बाइडेनले दिइसकेका छन् । यो आक्रमणकारी समुहको बारेमा अहिले संसारभर चांसो भइरहेको छ । काबुलमा आक्रमण गर्ने यो आतंकारी संगठनको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स हो । यो अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो । यसलाई सबैभन्दा अतिवादी र हिंसात्मक समूहका रुपमा चिनिन्छ ।
यसको स्थापना सन् २०१५ मा भएको हो । यसमा अफगान र पाकिस्तानी लडाकुहरुलाई समेटिएको छ । यो संगठनलाई केन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको थियो । उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गर्ने काम गरेका थिए । यो समुह महिलाहरुप्रती तालिबानभन्दा पनि कट्टर छ । उनिहरुले पश्चिम मुलुक र अन्र्तराष्टिय मानवीय सहायता संस्थाहरुलाई समेत आक्रमणको निशाना बनाउने गर्छन । उनिहरुको स्लामिक स्टेटमार्फत अन्र्तराष्ट्रिय नेटवर्क समेत छ ।
मुख्यगरी यो समूह लागु औषध र मानव तस्करी हुने अफगानिस्तानको पूर्वी प्रान्तमा सक्रिय छ । नान्गाहार हुंदै पाकिस्तान जाने बाटोमा उनिहरुले आफ्नो गतिबिधि गर्दै आएका छन् । हक्कानीसंग आईएसआईएस के ले समेत सहकार्य गरिरहेको छ । तर, तानिबानसंग भने उसको त्यति सुमधुर सम्बन्ध रहेको मानिदैन । उनिहरुले जिहाद र युद्धभूमि बीचमै छोडेको आरोप तालिनबानमाथी लगाउंदै आएका छन् । आईएसआईएस–केले शान्ति सम्झौताको समेत विरोध गरेको थियो । तर,बिहिबारको आक्रमणमा आफ्ना सदस्यहरु पनि मारिएको तालिबानले जनाएको छ ।
अफगानिस्तानमा सरकार चलाउने तयारी गरिरहेको तालिबानमाथीको सबैभन्दा ठुलो चुनौती समेत आईएसआईएस के बनेर आएको छ । तालिबान सत्तामा आएसंगै उसले अन्त आतंकावादी समुहहरुलाई संरक्षण दिन्छ की भन्ने चिन्ता अहिले संसारभर छ । तर, तालिबानले भने आफ्नो देशको भुमि कसैलाई पनि प्रयोग गर्न नदिने दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्