काबुलमा पुन: आक्रमण
काबुल । अफगानिस्तानको काबुलमा फेरि आक्रमण भएको छ ।
आइतबार साँझ काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणबारे पूर्ण विवरण आउन बाँकी छ ।
घटनाबारे अनुसन्धान गरिने बताइएको छ । यसअघि गत बिहीबार विमानस्थल नजिकै भएको आक्रमण १३ अमेरिकी सैनिक, २० तालिबान सहित १७० जना मारिएका थिए ।
उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेट ए ले लिएको थियो । आइतबारको घटना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछिको दोस्रो हमला हो ।
प्रतिक्रिया दिनुहोस्