काबुलमा उडिरहेको विमानबाट खस्दा तीन जनाको मृत्यु

सोमबार, एजेन्सी । अफगानिस्तानको काबुलमा तालिवानले कब्जा गरेपछि मानिसहरु आफ्नो ज्यान जोखिममा पारेर देश छोड्न बाध्य छन् ।

सोमबार उडिरहेको विमानबाट खस्दा तीन जनाको मृत्यु भएको छ । उडिरहेको अमेरिकी सैन्य विमानबाट खसेर तीन जनाको मृत्यु भएको हो ।

frontline

काबुल शहरको आकाशमा उडिरहेको विमानबाट मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ । एक पछि अर्को मानिसहरु तल झर्दै गरेको भिडियोमा देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सैन्य विमानको टायरको बीचमा देश छोड्नको लागी उभिएका थिए ।

काबुल बिमानस्थलबाट उडेको पछि, जसरी नै विमान हावामा पुग्यो । यी मानिसहरु एक एक गरी तल झर्न थाले ।

शहरका मानिसहरूले उनीहरुलाई खसेको देखेका थिए । तर, उनीहरुको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here