कान्ति बाल अस्पतालको फोहोर व्यवस्थापनमा लापर्वाही, हामी उठाउँदैनौं : काठमाडौं महानगर
काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको अनुगमन गर्ने क्रममा फोहोरको वर्गीकरणमा कमजोरी देखिएपछि फोहोर नउठाउने निर्णय गरेको हो ।
फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो । अरुलाई नमूना भएर देखाउनुपर्ने अस्पतालहरु आफैँले कमजोरी गरी फोहोरको वर्गीकरण गर्ने बाल्टिन भए पनि सोही अनुसार फोहोर नराखी मिसाइएको हुँदा तत्कालका लागि फोहोर नउठाउने जानकारी गराइएको महानगरपालिकाले जनाएको छ ।
अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने टोलीले सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्