कान्तिपुर डेन्टल हस्पिटलले निःशुल्क स्वास्थ्य सिविरको आयोजना, ५०० बिरामी लाभान्वित

४ पुस, काठमाडौं । कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ ।

काभ्रेस्थली स्वास्थ्यचौकी, नेपाल स्वयमसेवी रक्तदाता समाज र काभ्रेस्थलीहाम्रो कृषि समुहको समन्वयनमा काठमाडौँको तारकेश्वरमा शिविरको आयोजना गरिएको हो ।

frontline

शिविरमा जनरल फिजिसियन, स्त्रीतथा प्रसुति रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, आाखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञ सम्बन्धीविशेषज्ञ टोलीले परामर्श सेवा दिएका थिए । निःशुल्क रुपमा प्याप स्मियर टेस्ट, औषधि वितरण, पिएफटी टेस्ट गरिएको थियो ।

शिविरमा ५०० भन्दा बढी बिरामीहरु लाभान्वित भएको अस्पतालका सिइओ रोजिका प्रधानले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here