काठमाडौं र ललितपुरमा १२ देखि १८ वर्षका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

२७ पुस, काठमाडौं । काठमाडौं र ललितपुरका बालबालिका तथा किशोर-किशोरीहरुलाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।

१२ देखि १८ वर्ष उमेर समूहलाई आजदेखि एक हप्तासम्म फाइजर खोप लगाइने छ ।

frontline

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा आजबाट एक हप्तासम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिए ।

‘कुन विद्यालयमा, कहिले खोप केन्द्र राख्ने भन्ने कुरा स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले आपसी समन्वयमा निर्क्यौल गर्छन् ।

यसमा शिक्षा समन्वय इकाई, प्याब्सन र एनप्याब्सनको पनि सहयोग रहेको छ,’ प्रजिअ उपाध्यायले भने, ‘एक हप्ताभित्र लक्षित समूहका सबै बालबालिका तथा किशोर किशोरीहरुलाई खोप लगाइसक्ने लक्ष्य छ ।’

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु कुमार काफ्लेले स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालयहरुले खोप अभियान चलाएको बताए ।

खोपहरु स्थानीय तहमा पठाइसकेको जानकारी दिंदै आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उनले आह्वान गरे ।

भक्तपुर जिल्लामा भने गत शुक्रबारदेखि नै खोप अभियान सन्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here