काठमाडौं महानगरसँग मेट्रो चलाउनको निम्ति सहकार्य गर्न ललितपुरका मेयर तयार

फाइल तस्बिर

२९ मंसिर, काठमाडाैँ ।  ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । 

frontline

मेयर महर्जनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे । उनले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न आग्रह गरे । 

काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरुमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ ।

३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’, महर्जनले भने, ‘यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ ।

काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रस्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ ।

काठमाडौंले बूढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्‍याउन पायौँ भने एकदमै राम्रो हुन्छ ।

यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ ।’

मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताए । सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उनले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here