काठमाडौं महानगरले डोजर चलाएपछि थापाथलीका सुकुम्बासीहरू उत्रिए प्रतिकारमा

१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएपछि थापाथलीका सुकुम्बासीहरूले प्रतिकार गरेका छन् । महागरपालिकाले डोजर चलाउन भनेपछि थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले टायर बालेर महानगरविरूद्ध प्रदर्शनसमेत गरेका छन् । 

सोमवार महागरपालिकाको डोजर चलाउने तयारी गरेको थियो । सुकुम्बासी बस्तीमा प्रतिराेध भएपछि महानगरकाे डाेजर त्यतिकै फर्किएकाे थियाे । सुकुम्बासीहरूले प्रतिकार गरेपछि थापाथली क्षेत्र केहीबेर तनावस्त भएको थियो ।

frontline

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान चलाइरहेका छन् । बागमती किनारमा सुकुम्बासीका नाममा सार्वजनिक जग्गा कब्जा गरेर घर तथा संरचनासमेत निर्माण गरिएकाे छ । 

काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले सामान भने बाहिर निकालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here