काठमाडौं महानगरले ईन्जिनियर, डाक्टर र नर्स करारमा राख्ने तयारी

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ ।

महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् ।

frontline

आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेनको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै कार्यपालिका सदस्यहरुले आवाज उठाएपछि करारमा कर्मचारी राख्ने ऐजेण्डा रोकिएको हो ।

आजको कार्यपालिकामा १३ वटा एजेण्डामध्ये फोहोर व्यवस्थापनको ऐजेण्डा मात्रै छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here