काठमाडौं, बैतडी र धादिङमा तीनजना मृत फेला

१८ माघ, काठमाडौं । काठमाडौं, बैतडी र धादिङमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–२२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

frontline

बैतडी, दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा सोही ठाउँ सोतेखोला नजिकैको पसलभित्र मृत अवस्थामा फेला परेकी छिन् ।

सोमबार बिहान बारीमा बाख्रा चराउन गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त पसलमा उनको शव फेला परेको हो ।

धादिङ, सिद्धलेक गाउँपालिका–१ माझ नलाङस्थित सडकको नालामा सोही ठाउँ बस्ने ३६ वर्षीया सावित्री भट्ट मृत अवस्थामा फेला परेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here