काठमाडौं बाहिरका ९ जिल्लामा उच्च संक्रमण

७ माघ, काठमाडौं । काठमाडौं उपत्यका बाहिरका प्रमुख सहरहरु पनि कोरोना संक्रमण उच्च जोखिममा रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरका ९ जिल्लामा संक्रमण दर उच्च रहेको छ।

frontline

मन्त्रालयको पछिल्लो तथ्यांकअुनसार बिहीबार झापामा १७१, मोरङमा ३२६, सुनसरीमा २९८ र धनुषामा १२० संक्रमित देखिएका छन्।

त्यस्तै चितवनमा ११५, मकवानपुरमा ११६, कास्कीमा ३६६, रुपन्देहीमा २०९ र कैलालीमा १७३ संक्रमित देखिएका छन्।

यी जिल्लाहरु अहिले कोरोनाबाट अत्यधिक जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

हुनतः यतिबेला काठमाडौं उपत्यकाका कोरोनाको हट स्पट बनेको छ। बिहीबार एकैदिन करिब ७ हजार संक्रमित भेटिएको थियो।

कूल संक्रमितको आधा काठमाडौं उपत्यकामा मात्र रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here