काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु

काठमाडौं क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। यस अन्तर्गत ओपिडी र इन्प्याटेन्ट  सेवा प्रदान गरिनेछ। जसमा जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि-रिहबिलिटेसन र  रिहबिलिटेसन सेवा प्रदान गर्नेछ।

साथै क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ।  क्यान्सरको उपचारले जुन शारीरिक र मानसिक विकार गर्छ त्यसबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउनको लागि क्यान्सर रिहबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्छ। 

frontline

नेपालमा क्यान्सर रिहबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिहबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here