काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लु देखियो
२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएको छ । उपत्यकाका तीन स्थानमा बर्डफ्लु पुष्टि भएको बताइएको छ ।
पशु सेवा विभागका महानिर्देशक सम्झनाकुमारी काफ्ले पाण्डेले बर्डफ्लु देखिएको जानकारी गराउनुभएको हो ।
ललितपुरको खुमलटार, काठमाडौंस्थित नार्गाजुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु देखिएको विभागले जनाएको छ । संक्रमित कुखुराको यकिन संख्या बताइएको छैन ।
प्रतिक्रिया दिनुहोस्