काठमाडौंमा ३ दिने प्राथमिक उपचार तालिम सुरु
योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा काठमाडौंमा ३ दिने प्राथमिक उपचार तालिम सुरु भएको छ ।
चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा आजबाट तालिम सुरु भएको हो । तालिमको सुभारम्भ कार्यक्रम संस्थाका अध्यक्ष, प्राथमिक उपचार सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीको अध्यक्षतामा र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी एजेन्सी म्यानेजर एवं प्रदेश नं. ५ की इन्चार्ज कल्पना सिवाकोटी पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पोखरेलले योगदान राष्ट्रको लागि र इन्स्योरेन्स दुवै अभियान्ताको रुपमा रहेको बताउनुहुँदै सहकार्यका साथ अघि बढ्ने बताउनुभयो । अंग्रेजी नयाँ बर्षको सुरुवात बाटै दुवै संस्था जोडिएर नागरिक लक्षित गरेर समाजमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले योगदान राष्ट्रको लागि संस्थाको सदस्य बन्ने समेत कार्यक्रममा घोषणा गर्नुभयो । तालिममा सहभागि हुन आएका सबैलाई पूरा समय मन लगाएर सिक्न र व्यवहारमा उतार्न पनि अनुरोध गर्नुभयो । आफूमा भएको ज्ञान अरुलाई पनि सिकाउन उहाँको आग्रह थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि का प्रमुख सल्लाहकार श्याम कँडेलले तालिममा सहभागिलाई आफूले पाएको अवसरको सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्राथमिक उपचार सम्बन्धी ज्ञान आफूले पनि सिक्ने र अरुलाई पनि सिकाएर राष्ट्रको योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि का सचिव विष्णु मणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उपे्रती, केन्द्रीय सदस्य उद्धव ढकाल, खेमराज उप्रेती, निरोद सुवेदी, रमिला श्रेष्ठ, दुर्गा प्रसाद राई, केन्द्रीय सदस्य एवं अन्तराष्ट्रिय संयोजक संयोग ढकाल, सल्लाहकार, जिल्ला तथा नगर समितिका अध्यक्ष, आजीवन तथा साधारण सदस्य, प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय सदस्य केशव प्रसाद दंगालले गर्नुभएको थियो । कार्यक्रममा मुख्य प्रायोजकको रुपमा सूर्य ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेड रहेको छ ।
सहयोगी संस्थाहरुमा कामठमाडौं महानगरपालिका वडा नं. ७ को कार्यालय, ओम समाज डेन्टल हस्पिटल, ग्रिन स्काई ट्राभल एण्ड टुरिजम, डाइनामिक कन्सलटेनसी, सेन्ट लरेन्स कलेज, ग्लोबल सोर्सिङ प्रा.लि. रहेको छ ।
तालिम पुस १९ गते शुक्रबारसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्