काठमाडौंमा हैजा संक्रमितको संख्या बढ्दै, पानी उमालेर मात्रै पिउन अनुरोध

७ भदौ, काठमाडौं । काठमाडौंमा हैजा संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ६४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै ३२ जना तथा काठमाडौं जिल्लाका नौ पालिकामा गरी ५३ जनामा हैजा पुष्टि भएको छ ।

frontline

ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक एकजनामा हैजा पुष्टि भएको छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here