काठमाडौंमा आज १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

फाइल तस्बिर

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज (सोमबार) १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर-२९ का विभिन्न १४ स्थानमा आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

frontline

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here