काठमाडौंबाट ४६ राजनीतिक दलले चुनाव लड्ने

१४ चैत काठमाडौं । आगामी स्थानीय तहको चुनावमा काठमाडौं जिल्लाका स्थानीय तहमा ४६ वटा वटा राजनीतिक दलले चुनाव लड्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौंबाट ४६ दलले दलीय चुनाव चिन्हसहित चुनाव लड्ने भएका हुन् ।

frontline

दलीय संख्याको हिसाबले काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दलहरुले चुनाव लड्ने भएका हुन् ।

साना दलहरुलाइ पनि दलीय चुनाव चिन्ह दिने भएपछि काठमाडौंबाट ४६ दलले दलीय चुनाव चिन्हसहित उम्मेदवार उठाउन पाउने भएका हुन् ।

आयोगले सुरुमा स्थानीय तहको निर्वाचन र राजनीतिक दल सम्बन्धी ऐनलाई देखाएर राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्रै स्थानीय तहको चुनावमा दलीय चुनाव चिह्न पाउने बताएको थियो ।

तर, विरोध भएपछि आयोगले व्यवहारिक रुपमा मिलाउने गरी दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो । योसँगै स्थानीय तहको चुनावमा देशभर ७९ वटा दलले चुनाव चिह्नसहित चुनाव लड्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here