काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

दुर्घटनामा बस चालक र सहचालक सहित १७ जना घाइते छन् ।

१३ फागुन, काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० शारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

frontline

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालक सहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।

बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here