काठमाडौंको उपमेयरमा सुनिता डंगोलको भारी मतले अग्रता

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले भारी मतले अग्रता लिएकी छिन् ।

डंगोलले २८८४ मत प्राप्त गर्दा गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत मात्रै प्राप्त गरेका छन् ।

frontline

काठमाडौं महानगरमा सुस्त गतिमा मतगणना अघि बढेको छ । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता काठमाडौंको मेयर पदका स्वतन्त्र उम्मेदवार  बलेन साहले अग्रता कायम राखेका छन्। नेकपा एमालेका केशव स्थापित दोस्रोमा र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here