काठमाडौंका तीन स्थानका कपडा गोदाममा शिलबन्दी

फाइल तस्बिर

१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलबन्दी गरेको छ ।

भन्सार छलेर ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारेर तीन स्थानमा रहेको कपडा गोदाममा शिलबन्दी गरेको हो । 

frontline

नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले शुक्रबारदेखि विभागले शिलबन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । 

गोदाममा भन्सार छलेर ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here