काठमाडौँमा बिहान बेलुका चिसो बढ्यो

फाइल फोटो

२६ मंसिर, काठमाडौं । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। 

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

frontline

उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । 

मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here