काठमाडौँको हाइकिङ स्पटमा मोबाइल लुट्ने समूह सक्रिय

काठमाडौँ । काठमाडौँ उपत्यकाका हाइकिङ स्पटमा आजभोलि हाइकिङ जानेहरू धेरै हुन्छन् । तर, छुट्टीमा हाइकिङ जानेहरु लुटेराको निशानामा पर्न थालेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित चम्पादेवी र बुढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएकाहरू लुटिएका छन् । असारमा भएका दुइवटा घट्नामा १७ जना लुटिएका हुन् । चम्पादेवीबाट हात्तिवन निस्कने जंगलको गोरेटो बाटोबाट लुटेराले ११ जनाको साथमा भएका मोबाइल लुटेर फरार भएका छन् ।

frontline

शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगलबाट ६ जनाबाट लुटेराहरूले मोबाइल लुटेका छन् । चम्पादेवी र शिवपुरीमा समान तवरले ४ जनाको समूहले मोबाइल लुटेर भागेका हुन् । लुटेराहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने,‘लुट्ने समूहबारे अनुसन्धान हुँदै छ, हामी उनीहरूको नजिक पुगेका छौँ ।’

चम्पादेवीमा ११ जनाको समूहलाई धक्याएर ४ जनाले मोबाइल लुटेका थिए । लुटेराको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँले दुईवटा टिम परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here