कांग्रेशमा विकास र प्रविधिका सवालमा हस्तक्षेपकारी भूमिकामा सीडेनमा नया नेतृत्वको उदय र रफतार सुरु
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा संग आज शुक्रबार नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रिय कार्यसमिति र बागमती प्रदेश कार्यसमितिको सद्भावना भेट भएको छ। भेट देउबा निवास धुम्बाराहीमा भएको हो। यस शिष्टाचार भेटमा सिडेनको अधिवेसनमा हासिल गरेका उपलब्धि, सिडेनको प्रदेश र जिल्लास्तरीय संजालले प्राप्त गर्न सकिने लगायत जानकारी गराइएको थियो। नितिगत निर्णय र योजना छनौट मा सिडेनको भूमिका प्रबल हुनुपर्ने लगाएत मा छलफल मा कुरा भएको (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी जानकारी दिनुभयो । यसरीकाग्रेशमा विकास र प्रविधिकाहकमा हस्तक्षेपकारी भूमिकामा सीडेनको उदय र रफतार सुरु हुन लागेको संकेत देखिएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका थिए। शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । केसी सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्ष हुन्। एक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाइबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् ।अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् ।
अहिले देशको माग नै युवा, डेलिभरी भएको, केही नयाँ गर्न सक्ने खालको हुनुपर्छ भन्ने रहेको भन्दै संस्थाहरूमा पनि यस्तै चाहिने केसीले बताए । ‘हाम्रो संस्थामा पनि राम्रो, उर्जावान, सक्षम खालको व्यक्ति आउनुपर्छ भन्ने आम इन्जिनियर साथीहरूको चाहना केसीको भनाइ छ। उपाध्यक्ष भएको बेला थुप्रै काम गरिसकेको छु । राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्नेदेखि लिएर विभिन्न समितिमा चेयरमेनको रूपमा कामको अनुभव बताउने केसी ‘हाम्रा थुप्रै खालका समस्या, चुनौती छन् । राज्यसँग लड्नुपर्ने थुप्रै विषय छन् । ती सबै कुरामा हामी दृढ भएर अगाडि बढ्छौ । सम्पूर्ण इन्जिनियरहरूको हक हितका लागि लड्छौं ।’ केसीले भने ।
अहिले मुलुकका इन्जिनियरहरूको माग र उत्पादनबारे कहीँ कतै अध्ययन नभएको उनको भनाई छ । ‘हामीसँग कति इन्जिनियर छन् । नेपालमा कतिले पढिरहेका छन् भन्ने जानकारी त आउँछ । तर बाहिर देशबाट पनि पढेर आउँछन् । उनीहरूको यकिन डाटा आएन । इन्जिनियरहरूको पेशागत हकहितका लागि समेत आफूले काम गर्ने भन्दै उनले भने, ‘हामीले उचित मूल्यमा काम गर्न पाएका छैनौं । हामीभित्रमा पनि दक्षताको कमी छ । त्यसका लागि अभिमुखीकरण चाहिन्छ ।’ अभिमुखीकरणमा लाग्ने उनको भनाई छ ।
यो अभियान आमकाङ्ग्रेसंगहरुको अभियान हो । यस अभियानमा कुनै गुट हुदैन र सिङ्गल दायित्व हुदैन । यस अभियानमा बर्तमान नेतृत्वको पनि साथ र सपोट रहेको छ । नेपाल र नेपालीको उच्च शिर सहितको स्वाभिमानी नेपाली बनाउने अभियान हो यो । हिजो कस्तो थियो भन्दा पनि अवका दिनहरुमा चेहरा,चाल र चरित्रमा परिवर्तन गर्नु पर्छ भन्ने पनि हो यो अभियान । राजनिति देश र नागरिकको सम्मृद्दीका लागि हो । राजाीति त माध्यम हो लक्ष्य त बिकास हो ।
प्रतिक्रिया दिनुहोस्