कागेश्वरी मनोहरा नगरपालिकाद्वारा २० लाखको चेक हस्तान्तरण

श्रोत : ईन्टरनेट

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको विपत कोषमा २० लाख रुपैयाको  चेक हस्तान्तरण   गरेको छ ।

नगर प्रमुख कृष्णहरी थापाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त रकम हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई सहयोग गर्ने निर्णय गरे बमोजिम आइतबार नगरपालिकामा एक कार्यक्रमका बीच मेलम्ची नगरपालिकाका प्रतिनिधिलाइ उक्त रकम बराबरको चेक विपद राहत  कोषमा जम्मा गर्ने गरि हस्तान्तरण गरिएको नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी गराए।

frontline

स्थानीय तहलाइ परेको बिपतमा अर्को स्थानीय तह बाट सहयोग गर्नु पर्ने दायित्व सम्झेर  सहयोग   गरेको बताउदै नगर प्रमुख थापाले  उक्त प्राकृतिक  प्रकोप बाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित  मृत्यु भएका दिवंगत ब्यक्तिहरु प्रति  हार्दिक श्रद्दान्जली  एबम  शोक सन्तप्त परिवार प्रति समबेदना समेत ब्यक्त गरेका थिए  ।

त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिकालेउक्त क्षेत्रका बिभिन्न स्वास्थ्य संस्थाको लागि अक्सिजन सहित मेडिकल उपकरण समेत पठाइएको नगरपालिकाको स्वास्थ्य संयोजक लक्ष्मी कोइरालाले जानकारी गराइन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here