कांग्रेस सुर्खेतको सभापतिका धेरै आकांक्षी
११ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिका लागि आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापतिका लागि मात्र १० भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन्।
जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, टोपबहादुर रावत नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी रहेका छन्। बुढा यसअघि १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी थिए।
देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुन्। त्यस्तै शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भएका थिए। यसअघि भएका वडा, नगर र क्षेत्रका अधिवेशनमा संस्थापन समूहले जितेको छ।
प्रतिक्रिया दिनुहोस्