कांग्रेस र कम्युनिष्टले देश चलाउन सक्दैन ; अध्यक्ष लिङ्देन

६ चैत, सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने ठोकुवा गर्नुभएको छ ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो ।

frontline

अध्यक्ष लिङदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताउनुभयो ।

उहाँले कांग्रेस र कम्युनिष्टहरुले आफ्नो स्वार्थका लागि देश र जनता विरोधी क्रियाकलापहरु गरिरहेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त शक्तिहरुलाई विजयी गराउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here