कांग्रेस महामन्त्री पदको मतगणना जारी, गगनको अग्रता कायमै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहानदेखि मतगणना सुरू भएको हो ।

अहिलेसम्म ९ सय मत गणना भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । मत परिणाम अनुसार थापा पहिलो नम्बरमा छन् । उनले ५५९ मत पाएका छन् ।

frontline

दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ । विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् भने प्रदीप पौडेलले ३ सय मत पाएका छन् ।

त्यस्ते प्रकाशशरण महतले २५७ मत पाउँदा मीनेन्द्र रिजालले १३५ मत पाएका छन् भने डा राजाराम कार्कीले ३१ मत पाएका छन् ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन् । विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह समूहबाट उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here