कांग्रेस महाधिवेशन : सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी

५ मंसिर, सुनसरी । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा धनबहादुर पुरीलाई पराजित गर्दै देवान विजयी भएका हुन् ।

३११ क्षेत्रीय प्रतिनिधिमध्ये ३१० जनाले मतदान गरेका थिए । त्यसमध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत खसेको छ भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

frontline

त्यस्तै, उपसभापतिमा घनश्याम खड्का र सरिता आङ्दाम्बे विजयी भएका छन् । सचिवमा संस्थापन प्यानलका चिन्तामणि सापकोटा र इतर प्यानलका महेश चौधरी विजयी भए भने सहसचिवमा कर्णबहादुर बुढाथोकी र सुभद्रा राई विजयी भएका छन् ।

यस्तै, सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को शनिवार सम्पन्न निर्वाचनमा कोइराला-पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल नै विजयी भएको छ ।

संस्थापन पक्षबाट उम्मेदवार बनेका मदन ढकाल र अजय कुमार राई पराजित भएका छन् । कोइराला–पौडेल पक्षका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरेका छन् । श्रेष्ठले २६८ मत प्राप्त गर्दा ढकालले ९६ मत मात्र प्राप्त गरेका थिए ।

यसैगरी, उपसभापतिमा प्रदीप शाक्यले २३७ र झुमा राईले २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शङ्करले २८० र राजेन्द्र राईले २४४ मत ल्याएर विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here