कांग्रेस महाधिवेशन : पदाधिकारी ताक्नेको लर्को

काठमाडौं : कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुटेका बाहेकका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका छन्।

सभापतिमा गगन थापासहित किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

frontline

त्यसैगरी २ खुला उपसभापति पदका लागि ९ जना र १ समावेशी उपसभापतिका लागि ५ जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ १ महिला पदका लागि ३ जना र २ खुला पदका लागि ८ जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खसआर्यमा ३, आदिवासी जनजातिमा २, मधेसीमा ८, दलितमा ४, थारुमा ३, अल्पसंख्यक÷अपांगतामा ३, मुस्लिममा ३, खुलामा ७, पिछडिएको क्षेत्रमा ७ र महिला सहमहामन्त्रीमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here