कांग्रेस महाधिवेशन : झापामा बढ्यो चुनावी सरगर्मी

५ मंसिर, झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा झापामा चुनावी सरगर्मी बढेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला भएकाले पनि स्थानीय नेतृत्वमा रस्साकस्सी बढेको हो । त्यसबाहेक पार्टीको संस्थापन र इतरपक्ष पनि आफ्नो वर्चस्वको दाउपेचमा छन् ।

frontline

२०७२ फागुन २५ गते गरिएको ९ बुँदे लिखित सहमतिलाई लिएर नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौला पक्षधर र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पक्षधर कांग्रेस कार्यकर्ता बीच खिचातानी बढ्दै गएको छ ।

नेता सिटौलाको समर्थनमा देउमान थेवे र प्रवक्ता शर्माको समर्थनमा राम कट्टेल सभापति पद्का लागि लड्ने प्रायः निश्चित भएसँगै झापा कांग्रेसमा पनि सभापतिभित्र गुट–उपगुटको खेल सुरु भएको छ । १३औं महाअधिवेशनका समयमा गरिएको सहमतिको विषय अहिले झापा कांग्रेसमा चर्चा छ ।

सिटौला पक्षधर नेता तथा कार्यकर्ताले १४ महाधिवेशनमा देउकुमार थेवेलाई पार्टी सभापति बनाउने भद्र सहमति गरेको भन्दै कुनै हालतमा नछाड्ने अडान राखेका छन् । १३औं महाधिवेशनमा भएको सहमतिमा अध्यक्षको नामै तोक्न नहुने भएकाले नाम नराखिएको सिटौला पक्षधर नेता सुधीरकुमार शिवाकोटी बताउनुुहुन्छ ।

थेवे र कट्टेलमात्र होइन, झापामा यस पटक सभापतिमा अन्य चारजनाको नाम पनि चर्चामा छ । सबै आकांक्षीले सभापतिमा उम्मेद्वार दिए अहिले पनि झापाको सभापति को बन्छ ? भन्न गाह्रो छ । शर्मा पक्षधर कांग्रेसका नेता तेजप्रसाद चम्लागाईं भने भद्र सहमतिको विषयमा अनविज्ञता प्रकट गर्दे सिटौला हावी हुन खोजेको आरोप लगाएका छन् ।

पार्टीका जिल्ला सभापति उद्धव थापा र पूर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले १३ औं महाधिवेशनमा नै देउकुमार थेवेलाई सभापति बनाउने भद्र सहमति भएको भन्दै सहमतिको पक्षमा वकालत गरी रहेका छन् । उनीहरुले भद्र सहमति तोड्ने नेताहरुको भविष्यको विषय के हुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो ।

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् । आठ नगरपालिका सहित १५ स्थानीय तह रहेको झापामा १ सय ३१ वडा छन् ।

यसअघि भएको अधिवेशनबाट तीन हजार तीन सय ४७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । सिटौला र शर्मापक्षबीचको तीव्र विवाद नियाल्दा झापा कांग्रेसभित्रको यो रस्साकस्सीको गाँठो सजिलै फूक्नेवाला देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here