कांग्रेस महाधिवेशन : काठमाडौंका तीन ठाउँबाट मतदान हुने

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने चुनावको मतदानस्थलहरू काठमाडौंका तीन ठाउँमा तोकेको छ । काठमाडौंको भृकुटी भण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा महाधिवेशन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मतदाताहरूले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । एक मतदातालाई मतदान गर्न करिब ४५ मिनेटदेखि १ घण्टासम्म समय लाग्ने गर्छ । कांग्रेसका ८ लाख ४० हजार १ सय ६ जना क्रियाशील सदस्य छन् ।

frontline

जसमध्ये प्रदेश नम्बर १ मा १ लाख ७४ हजार ८ सय १३, प्रदेश नम्बर २ मा १ लाख ९ सय ९९, प्रदेश,बागमतीमा १ लाख ८७ हजार ३ सय ३५, गण्डकीमा ४ मा १ लाख १८ हजार १ सय ४५, लुम्बिनीमा १ लाख ३१ हजार १ सय १७, कर्णालीमा ५३ हजार ५ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ७ मा ७५ हजार १ सय १ जना छन् ।

६ लाख ४४ हजार ५ सय ६५ जना पुरुष र १ लाख ९५ हजार ३ सय ७२ महिला मतदाता रहेका छन् । महाधिवेशनको मंसिर २४ गते काठमाडौंमा उदघाटन् हुनेछ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here