कांग्रेस महाधिवेशन : आन्दोलित मुस्लिम संघ
झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको छ ।
वडा तहभन्दामाथि कुनै पनि तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आरक्षण नछुट्याएको भन्दै नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको हो ।
वडा तह भन्दा माथि सबै तहमा मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी प्रत्येक निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक ÷एक जना महाधिवेशन प्रतिनिधिको सुनिश्चितताको निर्णय गरिनु पर्ने मागसहित नेपाल मुस्लिम संघ झापाले कांग्रेस सभापति शेरवहादुर देउवालाई ध्यानाकर्ण पत्र पठाएको छ । मुस्लिम समुदायका अगुवा कार्यकर्ताले झापाको बिर्तामोडस्थित पार्टी कार्यलयमा भेला भएर धर्नासमेत दिएका छन् ।
सभापति देउवालाई वुझाइएको ज्ञापनपत्रमा १४ औ महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकामा मुस्लिम लगायत अन्य समुदायको प्रतिनिधित्व कटाएर लोकतान्त्रिक विधि र पार्टीले अवलम्वन गरेको समावेशी समानुपातिक प्रक्रियावाट पछि हटेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्