कांग्रेस बैठकमा सभापति देउवा र सदस्य महेश आचार्य बीच नोकझोक

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य महेश आचार्यबीच नोकझोक भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आचार्यले विपक्षी गठबन्धनमाथि प्रश्न उठाएका थिए ।

frontline

कहिले गठबन्धन त कहिले पूर्वप्रधानमन्त्रीहरुको नाममा संयुक्त वक्तव्य आउने क्रम बढेको भन्दै उनले पार्टीमा छलफल हुनुपर्ने बताए ।

कतिपय विषयमा पार्टीले आफ्नो धारणा पनि राख्नुपर्ने उनको राय थियो ।

एक केन्द्रीय सदस्यका अनुसार आचार्यले यसो भन्दा सभापति देउवाले प्रतिवाद गरे ।

गठबन्धन बनाएपछि समान धारणा आउनु स्वभाविक भएको भन्दै उनले भने, ‘गठबन्धन गर्न हुँदैन भन्ने हो भने अदालत जानु अघि नै किन नभनेको ?’

नेता आचार्यले गठबन्धन गर्नु हुन्न भन्ने आफ्नो मत नभएको तर महत्वपूर्ण विषयमा धारणा बनाउनुअघि पार्टीमा छलफल गर्नुपर्ने भन्दै प्रष्ट पार्न खोजे ।

तर सभापति देउवाले आचार्यलाई सुन्दै नसुनेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here