कांग्रेस पदाधिकारी बैठक आज, समसामयिक विषयमा छलफल हुने

फ्रन्टलाइन राजनीति । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालय श्रोतले जनाएको छ । देउवा निवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा प्रतिनिधिसभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट हालेको छ। बैठकमा १४ औं महाधिवेशन तयारी लगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here