कांग्रेस नेता रामजी कुँवरको निधन

श्रोत : ईन्टरनेट

पोखरा । अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी रहेका रामजी कुँवरको निधन भएको छ ।

कोभिड १९ को संक्रमणसँग जुधिरहेका उनको उपचारकै क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो ।

frontline

कोभिड नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पतालमै उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल टेड युनियन महासंघका पूुर्व वरिष्ठ उपाध्यक्ष हुन् ।

कांग्रेसको १० औँ महाधिवेशनदेखि लगातार महासमिति सदस्य रहेका कुँवर ट्रेड युनियनका संस्थापक सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here