कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
उनको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । साउन दोस्रो साता गिरिलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरिलाई उपचारका लागि भारतको मुम्बई लगिएको थियो ।
करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो ।
नेपाल आएपछि उनलाई निमोनिया पनि देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर फर्किएका नेता विमलेन्द्र निधिले उनको अवस्था देखेर आफू स्तब्ध भएको बताएका छन् ।
उनले गिरिको स्वास्थ्य लाभका ईश्वरीय चमत्कारको प्रार्थना गरेको पनि ट्विटरमा उल्लेख गरेका छन् ।
‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्