कांग्रेस नेता पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

काठमाण्डु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

१४ औं महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले बिहीबार दिउँसो २ बजे केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।

frontline

सभापति शेरबहादुर देउवासहितका नेताहरुले महाधिवेशन केन्द्रीत भएर छलफललाई तिव्रता दिएका बेला नेता पौडेलले पनि सक्रियता देखाएका छन् ।

सभापति देउवाले यसअघि सातवटाा प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेका छन् ।

नेपाली कांग्रेसका १४ औं महाधिवेशन आगामी भदौ १६ र १९ गतेसम्म काठमाण्डुमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here