कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

शनिबार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।

frontline

बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ ।

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here