कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

फ्रन्टलाइन, काठमाडौं । आज नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहान साँढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here