कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष
News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ।
- कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्री लेखक निर्दोष रहेको भन्दै दोषीलाई कारबाही हुनुपर्ने बताए ।
- उनले मन्त्री लेखकबारे अफवाह फैलाइएको जिकिर समेत गरे ।
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।






प्रतिक्रिया दिनुहोस्