कांग्रेसलाई १३ सिटमा झार्नु पर्छ : अध्यक्ष ओली

५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने बताएका छन् । 

अनेरास्ववियुले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताएका हुन्।

frontline

यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ, उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दाबी गरे । 

यस्तै, कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी समेत गरे ।

अध्यक्ष ओलीले अब एमालेबाहेक अरू पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । 

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here