कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ती जारी गरेर कार्यतालिका संशोधन गरिएको जनाएका हुन् ।

जारी विज्ञप्ती अनुसार मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने र २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ ।

frontline

साथै संशोधित कार्यतालिका अनुसार २५ गते साँझ ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ गरिने भएको छ ।

सोही दिन बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने, राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यसका साथै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ, भने १२ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान भने मंसिर २७ गते विहान ८ बजेदेखि सुरु हुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here