कांग्रेसको आकस्मिक बैठक जारी

श्रोत : ईन्टरनेट

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ः५० मा बैठक सुरु भएको जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाइएको हो ।

frontline

कांग्रेसले विज्ञप्ति जारी गरेर नेपालको संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा (५) को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको जनाइसकेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, डा. प्रकाशशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँणलगायत सहभागी रहेका स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here