काँग्रेस महाधिवेशन सर्यो, मंसिरमा गर्ने निर्णय

फ्रन्टलाइन राजनीति । सत्तारुढ दल नेपाली कांग्रेसको भदौमा हुने भनिएको १४ औं महाधिवेशन सरेको छ । शनिबार साँझ बसेको केन्द्रीय समितिको बैठकले आउँदो मंसिर ९ देखि १२ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको हो ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको पुर्वनिर्धारित मिति सारेर मंसिरका लागि सारेको हो । भदौमा हुने नहुने बारे अन्यौलताकै बिच काँग्रेसको यो निर्णय आएको हो । पछिल्लो निर्णयबारे काँग्रेस भित्रैबाट पनि मिश्रित प्रतिक्रिया आइरहेको छ ।

प्रधानमन्त्री देउवा निवासमा बसेको उक्त बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काँग्रेस श्रोतले जानकारी गराएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here