काँग्रेस महाधिवेशन विधिवत रुपमा शुरु

२१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मंगलबारबाट काठमाडौंमा शुरु भएको छ । काँग्रेसका प्रवक्त एवं नेता विश्वप्रकाश शर्माले काठमाडौं जिल्ला सचिव गोबिन्द पुडासैनीलाई झण्डा हस्तान्तरण गरेर महाधिवेशको सुभारम्भ गरिएको हो ।

शर्माले सचिव पुडासैनीलाई चार तारे झन्डा रुख अकित ब्यानर हस्तान्तरण गर्दै विधिवत रुपमा महाधिवेशन सुभारम्भ भएको घोषणा गर्नुभयो । काँग्रेसको महाधिवेशन यही मंसिर २४ गतेदेखि सुरु हुनेछ ।

frontline

महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो ।

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो ।

“अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भन्नुभयो ।

मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here