काँग्रेसमा केवल सुकिला-मुकिला मात्रै हावी भए’ : काँग्रेस नेता साह

२८ कार्तिक, रौतहट । नेपाली काँग्रेस रौतहटका कोषाध्यक्ष राम श्रेष्ठ प्रसाद साहले नेपाली काँग्रेस पार्टीमा बिस्तारै केवल सुकिला-मुकिला मात्रै हावी हुँदै गएको बताएका छन् ।

उनले पार्टीभित्र सुकिला, मुकिला, ठेकेदार, व्यापारी प्रवेश गरेर पार्टीलाई अर्कै दिशातर्फ लगिरहेको आरोप लगाउनुभयो ।

frontline

व्यक्तिहरुको कारणले नेपाली काँग्रेसले गत चुनावमा हार ब्यर्होनु परेको उनले दावी गरे । पार्टीको क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको पनि उनले आरोप लगाएका छन् ।

११५ दिनदेखि केन्द्रीय पार्टी कार्यालय सानेपामा रिले अनसन बसिरहेका उनले बीपी कोइरालाको ‘प्रजातन्त्र आएपछि पार्टीमा सुकिला, मुकिला हावी हुनेछन् र एकपकट पार्टीका प्रतिवद्ध कार्यकर्ताले त्यसको विरुद्ध आन्दोलन गर्नुपर्नेछ’ भनाइको स्मरणसमेत गरेका थिए ।

त्यस्तै उनले आफूहरुको आन्दोलन इमान्दार कार्यकर्ताहरुको लागि भएको बताए ।

‘हामी पार्टीमा सुद्धिकरण हुनुपर्छ भनेर आन्दोलनमा लागि रहेका छौँ’ उनले भने , ‘केही कष्ट त अवश्य हुन्छ , तर हाम्रो आन्दोलन रोकिदैन् । हामी पार्टी वलियो होस भन्ने चाहन्छौँ ।’

आफूहरु न्यायको लागि पार्टी कार्यालयको मूल ढोकामा ११५ दिनदेखि अनसन बस्दा पनि पार्टी नेतृत्व वेवास्ता गरेको प्रति इंकित गर्दै उनले पार्टीमा बीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता इमान्दार एवम् कार्यकर्ताको भावना बुझ्ने नेता अहिलेको नेतृत्वमा नभएकाले आफूहरुको मागको सुवाइ नभएको दुःखेसो गरे ।

अहिलेको नेतृत्व पार्टीलाई कसरी वलियो बनाउनेभन्दा पनि आफू र आफ्नो गुटलाई कसरी बलियो बनाउनेमा लागेका पार्टी कमजोर बन्दै गएको उनको भनाइ छ ।

२१६ जना पार्टीको १३ औँ महाधिवेशनमा नामै नभएका नभएकाहरुको पनि नाम क्रियाशीलको नाम नविकरण भएर आएको र कतिपय वाडमा नविकरण, सदस्यता फारमनै नपुगेको उनले बताए ।

उनले जिल्ला कमिटिको २७ जनामध्ये १७ जनाले, क्षेत्रिय कमिटिमा २६ जनामध्ये २२ जनाले, प्रदेश ‘क’ मा १२ जना मध्ये १० जनाले , प्रदेश ‘ख’ मा १० जना मध्ये ९ जनाले अहिलेका क्रियाशील सदस्यताको विरुद्ध उजुरी दिएपनि त्यसको कुनै सुनुवाई नभएकाले आफुहरु न्यायको लागि अनसनमा बसेको बताए ।

उनले मनपरि ढंगले आफु नजिक रहेको व्यक्तिहरुलाई क्रियाशील सदस्यता वितरण गरेर एउटा समुह पार्टी कब्जा गर्ने रणनिति सहित अगाडि बढेकाले यसले पार्टीलाई तहननहस पार्ने भन्दै चिन्ता व्यक्त गरे ।

जिल्ला सभापति कृष्णा यादवको समुहको मनपरीतन्त्रले गर्दा क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद आएको आरोप लगाउँदै उनले सभापति यादवको कारणनै रौतहटमा नेपाली काँग्रेस कमजोर हुँदै गइरहेको जिकिर गरे ।

‘पार्टीको नेतृत्व राम्रो मान्छेको हातमा गए मात्र पार्टी राम्रो हुन्छ । तर उनलाई त राम्रो गर्नु छैन।’ केवल पार्टीमा हैकम जमाउनु छ । उनको नेतृत्वमा कमजोरी मात्र छ,’ उनले भने ।

उनले शनिबार जिल्लामा भएको वडा अधिवेशन आफुहरुलाई अमान्य भएको त्यसलाई नमान्ने बताए । उनले आइतबार बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले आफूहरुको माग सुनुवाइ नगरे आन्दोलनको स्वरुप परिवर्तन गरेर अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

पार्टी कार्यालयमा अनसनरत नेता कार्यकर्ताहरुले पार्टीको विधान बमेजिम क्रियाशील सदस्यता वितरण नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here