काँग्रेसको १४ औँ वडा अधिवेशन : राप्ती ६ को अधिवेशन स्थगित, मतदान केन्द्र तोडफोड

श्रोत : ईन्टरनेट

चितवन । नेपाली काँग्रेसको १४ औँ वडा अधिवेशन अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्र भैरव आधारभूत विद्यालय पूर्वारीमा सोमबार तोडफोड गरिएको छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला पार्टी का असन्तुष्ट युवाहरुले मतदान केन्द्रमा तोडफोड गरेका हुन । उनीहरुले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको काँग्रेसका नगर सभापति नारायण उप्रतीले जानकारी दिए ।

युवाहरुले कुर्सी तोडफोड तथा हातपात भएपछि सहायक मतदान अधिकृत अनुज पाठकले सुचना निकाल्दै अर्को सुचना जारी नहुन्जेलसम्म अधिवेशन स्थगित गरेको जानकारी गरेका छन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here