कलैयाको भीआईपी ईटा उद्योगमा वृद्धको शव भेटियो

२७ जेठ, बारा । बाराको कलैयामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा भेटिएका छन्।

कलैया उपमहानगरपालिका-९रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।

frontline

प्रहरी निरीक्षक यादवका अनुसार साबिक भीआईपी ईटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो।

घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here