कलात्मक बुट्टेदार आलु बारी (तस्विरहरू)

रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीति स्थित मैदानेका किसानको आलु बाली । आलु लगाइएको बारी आकर्षक बुट्टा बनाए जस्तै कलात्मक देखिएको छ । रामेछापको गोकुलगगंगा, उमाकुण्ड, दोरम्बा लगायतका लेकाली भेगमा फल्ने आलु निक्कै स्वादिलो र पौष्टिक मानिन्छ । यी क्षेत्रमा लगाएको आलु पाक्न ६ महिना लाग्छ । यी भेगका किसानको मुख्य उत्पादन नै आलु हो । अहिले गाउँमा उत्पादित आलु सोझै काठमाडौं लगायतका सहरमा पुग्ने र राम्रो मूल्य आउने भएपछि किसानहरू व्यवसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

तस्विरहरू : नवराज पाथिक/ नेपाल न्यूज बैंक

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here